•            
    • sajhaonlinetv. com

    • २३ फाल्गुन २०८१, शुक्रबार ०३:३३

    आज देखि ‘होस्टेल ३’ देशब्यापी प्रदर्शन हुँदै

    काठमाडौं । आज शुक्रबारदेखि नेपाली चलचित्र ‘होस्टेल ३’ देशब्यापी प्रदर्शन हुँदै छ । ‘होस्टेल ३’ले देशभरीका हलहरु बाट डेढसय हाराहारीमा शो प्राप्त गरेको छ । बुधबार बेलुकादेखि फिल्मको एड्भान्स टिकट विक्री सुरु भएको थियो ।
    क्यूएफएक्स चेनले देशब्यापी ८० शो दिएको छ । विहीबार बेलुकासम्म शो संख्या अझै वृद्धि हुने अनुमान गर्न सकिन्छ । ब्यानर, श्रृंखलाको विगतको बक्सअफिस प्रस्तुति र स्टारकास्ट हेरेर हलले शो वितरण गर्ने चलन छ ।
    सशान कँडेल ‘सन्तोष’ले निर्देशक गरेको फिल्ममा कूल ब्वाय नामले चर्चित पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, प्रवीण खतिवडा, आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ लगायतका कलाकार छन् ।
    निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै