•            
    • sajhaonlinetv. com

    • १५ चैत्र २०७८, मंगलवार ०७:२७

    युक्रेनमा युद्ध : टर्कीमा आज हुने वार्ताबाट निष्कर्ष निस्कने सम्भावना किन कम ?

    आज एकपटक पुनः टर्कीमा युक्रेन र रुसका प्रतिनिधिमण्डलबीच भेटघाट भइरहेको छ । यी वार्तामा युक्रेनले आफ्नो भूभागको सार्वभौमसत्ता नत्यागिकन युद्धविरामको माग गर्दै आएको छ ।


    युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले इस्तानबुलमा वार्ताबारे भने, ‘हामीले जनताको, भूमि वा सार्वभौमसत्ताको सम्झौता गरिरहेका छैनौँ ।’



    उनले युक्रेनको सरकारी टिभी च्यानललाई भने, ‘यो कुराकानीले कम्तीमा मानवीय मुद्दामा सहमति र धेरैभन्दा धेरै युद्धविराममाथि सहमति हासिल हुनसक्छ ।’



    तर युक्रेनको गृह मन्त्रालयका सल्लाहकार वादिम डेनिसेन्कोले वार्तामा कुनै सफलता हात लाग्ने कुरामा आफूलाई शंका लागेको बताउँछन् ।



    अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीले युक्रेन–रुसबीच केही राम्रो हुने आशामाथि शंका जताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध समाप्त गर्नका लागि सम्झौता गर्नका लागि तयार नभएको बताएका छन् ।

    समाचार स्रोत : रातो पाटी

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै