संखुवासभा । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा संखुवासभाको मादी नगरपालिकामा रहेको मादी बहुमुखी क्याम्पसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु ) को तर्फबाट स्ववियु अध्यक्ष ( सभापति ) पदको उम्मेद्वारमा भिम कुमारी कार्की ( अनु ) लाई अगाडी सारेको छ। फागुन २३ गते बसेको अनेरास्ववियु मादी बहुमुखी क्याम्पस कमिटीको बैठकबाट सर्वसम्मत अध्यक्ष पद्मा कार्की चयन भएकी थिइन् । यस्तै, सचिव पदमा शेसिस प्रसाईं र कोषाध्यक्षमा पुजा अधिकारी दाहाल पनि सर्वसम्मत चुनिएका थिए ।
भिम कुमारी कार्की अर्थात अनु कार्की ऊनी वि.सं. २०७२ साल ९ कक्षामा अध्यन गर्दा देखि नै अनेरास्ववियु प्रा.क. कमिटी हुँदै अगाडि बढेकी हुन् । नगर कमिटी, क्याम्पस कमिटी सचिव हुँदै जिल्ला कमिटीसम्म कार्कीले काम गरेकी छन् । नेकपा एमालेको विभिन्न भातृ संगठन जस्तै राष्ट्रिय युवा संघ, अखिल नेपाल महिला संघमा समेत आवद्ध भएर काम गरेकी छिन् , भने नेकपा एमालेको वडा कमिटीको उप – सचिव भएर समेत काम गरेको कार्कीको भनाई छ ।सिर्जनशिल र कुशल नेतृत्वका लागि अनेरास्ववियुको तर्फबाट कार्की सक्षम भएकाले उनलाई अनेरास्ववियुको प्रतिनिधि बनाएको विद्यार्थीहरुले बताएका छन् । कार्की एक साहसी, निडर र एकदम असल भएर विद्यार्थीहरुको हितमा काम गर्ने भएकाले उनी सर्वसम्मत चयन भएकी हुन् ।