काठमाडौं । निरज रानाभाट/ भाट समाज नेपाल काठमाडौं जिल्ला कार्य समितिको आयोजनामा छैठौँ काठमाडौं जिल्ला अधिवेशन, नव वर्ष २०८२ को शुभकामना आदानप्रदान, समाजद्दारा तयार पारिएको २०८२ को भित्तेपात्रो विमोचन लगायत विविध कार्यक्रम हुने भएको छ ।
उक्त कार्यक्रम राजधानी काठमाडौंको बालाजुस्थित गोरखा प्यालेसमा चैत ३० गते शनिबार हुने आयोजकले जनाएको छ । रानाभाट / भाट समाज नेपाल काठमाडौं जिल्ला कार्य समितिले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।