•            
    • sajhaonlinetv. com

    • ४ बैशाख २०८२, बिहीबार ०९:५९

    ०८४ अघि सरकारमा जादैनौ: (प्रचन्ड)

    काठमाडौँ — पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचन्ड)ले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने बताएका छन् । हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले फेरि सरकारमा गएर त्रुटि गर्ने पक्षमा आफू नरहेको बताएका हुन् ।
    जनतामा फेरि माओवादीप्रति विश्वास बढ्दै गएको कारण सरकारमा जान हतार नगर्ने उनको भनाइ छ । ‘अहिले आम जनताले फेरि एकचोटि हाम्रो भरोसा माओवादी केन्द्रतिर, माओवादी नेतृत्वतिर र प्रचण्डतिर छ भनेर भावुक बनेर आउने हजारौं हजारको संख्या जुन देख्यौं । त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ । सरकारमा चाहिँ ०८४ सम्म नजाने हाम्रो निर्णयमा एउटा दृढता पैदा भएको छ । सरकारमा जान हतार गरेको होला भन्ने लाग्न सक्छ । बिल्कुल होइन,’ उनले भने ।
    कुर्सीका लागि आफू जे पनि गर्न तयार नरहेको अध्यक्ष दाहालको भनाइ छ । उनले भने, ‘हामी अब फेरि त्रुटि गर्ने पक्षमा छैनौं । यदि कुर्सी प्राप्तिका लागि जे पनि गर्ने भए मेरो कुर्सी जाने वाला नै थिएन । म कांग्रेस वा एमालेको समर्थन प्राप्त गरिराख्न सक्थे । यदि मैले भ्रष्टाचारविरुद्धको अभियान छोडिदिएको भए । राज्यको जमिन कब्जा गर्ने भूमाफियाहरूलाई छोडिदिएको भए । या केही भ्रष्टाचारीहरुलाई संरक्षण गर्न अगाडि बढेको भए मेरो सरकार ढल्नेवाला नै थिएन । ’
    माओवादीले व्यवस्थाका लागि लडेका वर्ग र समुदायमा जान ढिला भइसकेको महसुस भएको समेत बताए । उनले अभियानका क्रममा आफूहरूले विगतमा बाटो बिराएको र अहिले ठीक बाटोमा हिँडिरहेको आत्मविश्वास रहेको बताए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै