भारतिय चलचित्रका नायक रणवीर कपुर र नायिका आलिया भट्ट वैवाहिक बनधनमा बाँँधिएका छन् । उनीहरुले अजा बिहीबार मुम्बईमा आफ्ना सीमित आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन् ।
विवाह समारोहमा कपुर र भट्ट परिवारका अलावा केही सीमित व्यक्तिको मात्रै उपस्थिति रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विवाहको विषयमा उनीहरुले अन्तिम समयसम्म पनि गोप्य राख्ने प्रयास गरेका थिए । जसका लागि उनीहरुले मिडियासँग समेत दूरी कायम गरेका थिए ।
३९ वर्षीय रणवीर र २९ वर्षीया आलिया विगत चार वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए ।










