काठमाण्डौ । राज बहादुर सानेको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली कथानक चलचित्र “सिटामोल” यही २०८२ साउन २३ गते बाट प्रदर्शन हुने भएको छ ।
सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको उक्त चलचित्रमा जानुका बिस्वकर्म, समीप निरौला, हिमावाला गौतम ,सुशिल पोख्रेल, दिनेश रेग्मी ,लगायत का कलाकार हरुको अभिनय रहेको छ ।
चलचित्र प्रदिप भार्दवाज, भुगोल कुमार कार्की,गङ्गाराम श्रेस्ठ र मिमोस सुनार को समुक्त निर्माण रहेको छ । चलचित्रको सिनेमाटोग्राफर दिब्य सुबेदी रहेका छन् । लेखक तथा निर्देशक सानेका आनुसार नेपालको दुर्गम जिल्ला कर्णाली जुम्लाको मौलिक कथाको स्वाद दर्सकले पाउने छन ।