•            
    • sajhaonlinetv. com

    • ४ बैशाख २०८२, बिहीबार १४:४९

    ‘लाज शरणम्’ले मनायो प्रदर्शनको ५१ दिन

    काठमाण्डौ । नेपाली कथानक चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१ दिन पूरा गरेको छ।
    कुमार कट्टेल निर्देशित यो चलचित्रले बिहीबार प्रदर्शनको ५१ औं दिन मनाएको हो।
    जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको यो फिल्म शिवरात्रिको अवसर पारेर फागुन १४ गते उच्च शो सहित रिलिज भएको थियो।
    फिल्मले १३ वटा हलहरूमा प्रदर्शनको ५१ औं दिन मनाएको हो।
    काठमाडौं उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सीडीसी सनेमा र मोफसलमा झापाको विर्तामोडमा रहेको क्युएफएक्स, दमकमा रहेको डिम्याक्स सिनेमाज र बुटवलमा रहेको आइएनआई सिनेमाजमा प्रदर्शनको ५१ औं दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले बताए।
    उनले फिल्म अहिले पनि राम्रो अकुपेन्सीमा चलिरहेको बताए।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै