काठमाण्डौ । ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘माग्ने राजा’को छायाङ्कन ४३ दिनमा सकिएको छ । हिजो चलचित्रको इण्ड कल्याप गर्दै चलचित्रको छायाङ्कन सकिएको निर्देशक लामिछानेले जानकारी दिए । केदार घिमिरे अर्थात् माग्नेबुढाको प्रमुख भूमिका रहेको छ । चलचित्रमा आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देलजस्ता कलाकारको अभिनय रहने ‘माग्ने राजा’ मा एउटा गरिबको धनी बन्ने महत्वाकांक्षालाई समेटेर कथा लेखिएको छ ।
निर्माता मुनाल घिमिरे हुन् । चलचित्रमा पटकथा तथा संवाद सामीप्यराज तिमल्सिना र नरेन्द्र मैनालीको छायांकन रहेको छ।
चलचित्र आगामी तीजमा प्रदर्शन हुने निर्माता घिमिरेले बताए ।