•            
    • sajhaonlinetv. com

    • १२ बैशाख २०८२, शुक्रबार ०७:३१

    संघीय संसद्को हिउँदे अधिवेशन सुरु

    काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक सुचारु भएका हुन् ।
    प्रतिनिधिसभा बैठकमा आज दलका नेताहरूले धारणा राख्ने भएका छन् । हिउँदे अधिवेशनको पहिलो दिन दलीय आधारमा नेताहरूले धारणा राख्ने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ ।
    त्यस्तै आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै