काठमाडौँ । चर्चित मोडल उषा उप्रेती नेपाली चलचित्र ‘आचार्य’ मा अनुबन्धित भएको छिन । उनी नायक निखिल उप्रेतीले निर्देशन मा निर्माण हुन लागेको फिल्म ‘आचार्य’ मार्फत फिल्ममा देखिन लागेकी हुन् ।
निखिलको फिल्ममा आफू अनुबन्धित भएको सामाजिक सञ्जाल मार्फत उषाले जानकारी दिएकी छन् । निखिल केही समयपछि फिल्म क्षेत्रमा कमब्याक हुन लागेका हुन् । फिल्ममा निखिल र सञ्चिता लुइँटेल समेत मुख्य भूमिकामा देखिनेछन् ।
फिल्मको निर्माण पनि निखिलले गर्न लागेका हुन् । फिल्मको विषयमा अन्य जानकारी कार्यक्रम सहित गराउने सोच निखिलको रहेको छ ।