•            
    • sajhaonlinetv. com

    • १४ बैशाख २०८२, आईतवार ०८:१८

    प्रहरी र आन्दोलनरत शिक्षकहरू बिच झडप

    काठमाडौँ । बानेश्वरस्थित प्रहरीले तोकेको निषेधित क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू बिच झडप भएको छ । प्रहरीले लाठी र पानीको फोहोर प्रहार गरेको थियो भने शिक्षकहरूले सडक छेउछाउमा रहेको ढुङ्गा प्रहार गरेका थिए । प्रहरीको लाठी तथा पानीको फोहोर लागेर दर्जन बढी शिक्षकहरू घाइते भएका छन् । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ । आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो ।
    दिनहुँ शान्तपूर्वक आन्दोलन गर्दै आएका शिक्षकहरू आज भने आक्रोशित देखिए । सुरुमा शिक्षकहरूले निषेधित क्षेत्रमा राखिएको ब्यारिकेट फाल्न खोजेका थिए । नाराबाजी गर्दै ब्यारिकेट फाल्न थालेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । शिक्षकहरूले ‘केपी ओली तिम्रो पाराले, दुःख पायो साराले,’ गृहमन्त्री राजीनामा दे, जस्ता नारा लगाउँदै थिए । सयौँको सङ्ख्यामा रहेका शिक्षकहरूले एकाएक ब्यारिकेट फाल्न थाले । प्रहरी रोक्न खोज्ने, शिक्षकहरूले ब्यारिकेट हटाउने प्रयास गरिरहे ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै