•            
    • sajhaonlinetv. com

    • ३ जेष्ठ २०८२, शुक्रबार ०५:२०

    नेपाली चलचित्र ‘ के घर के डेरा घर नं २ ’ आजदेखि देशभर प्रदर्शन

    काठमाडौं । निर्देशक दिपेन्द्र के खनालको नयाँ सामाजिक सिनेमा ‘ के घर के डेराः घर नम्बर २ ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी – डेरावालाबीचको सम्बन्ध र आम नागरिकको जीवनकथा बोकेको यो चलचित्रले सामाजिक यथार्थलाई सजीव ढंगले उजागर गर्न खोजेको छ ।चलचित्रको कथा चर्चित साहित्यकार बुद्धिसागरले लेखेका हुन् ।
    चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, आर्यन सिग्देल, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारहरूको अभिनय रहेको छ । निर्देशक खनाल सामाजिक विषयमा गहिरो पकड राख्ने सिने निर्देशकका रूपमा परिचित छन् । खनालले यसपटक पनि शहरको वास्तविक जीवनभित्र गहिरिएर त्यहीँ कथालाई पर्दामा उतारेका छन् ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै