•            
    • sajhaonlinetv. com

    • ९ जेष्ठ २०८२, बिहीबार ०६:२०

    हुम्लाको तिलगाउँमा हिमपहिरो,के–के पुग्यो

    काठमाडौं । यही जेठ १ गते राति हिमपहिरो गएपछि जोखिममा परेको हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा बुधबार राहत सामग्रीहरु पुगेको छ ।
    हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले मोटरबाटोसम्म गाडीमा र त्यसपछि घोडा, खच्चरबाट बोकाएर राहत सामग्री तिलगाउँ पुर्‍याइएको बताए ।
    उनले औषधिदेखि खाद्यान्नको सामग्रीसम्म पठाइएको बताए । उनका अनुसार १० क्वीन्टल चामल, १ सय लिटर खानेतेल, २ क्वीन्टल नुन, २ क्वीन्टल चिनी, ३० क्वीन्टल मैदा पठाइएको बताए ।
    त्यसैगरी चिउरा १ क्वीन्टल, भुजा १ क्वीन्टल, चियापत्ती १० प्याकेट, साबुन १० प्याकेट र आवश्ककता अनुसार औषधी पनि पठाइएको उनले बताए । कम्बल १८ थान, त्रिपाल १८, र म्याट्रेस १८ थान पनि पठाइएको उनको भनाइ छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै