•            
    • sajhaonlinetv. com

    • १० जेष्ठ २०८२, शुक्रबार ०८:५१

    चलचित्र ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्का अनुबन्धित

    काठमाण्डौ । नेपाली चलचित्र ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्का पनि अनुबन्धित भएका छन । केही समयदेखि ठूलो पर्दामा अनुपस्थित रहेका पुष्प यस चलचित्रमार्फत देखिन लागेका हुन्।
    स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ टिमले पुष्पलाई आइतबार अनुबन्ध गरेको हो। अहिलेसम्म सार्वजनिक स्टारकास्टलाई हेर्दा ‘महाराजधिराज’ फरक स्वादको कथावस्तुमा आधारित हुने संकेत देखिएको छ, जहाँ पुराना र नयाँ पुस्ताका कलाकारहरूको सशक्त मिश्रण देख्न सकिनेछ।
    अभिनेता पुष्प ‘महाराजधिराज’मा आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै निकै उत्साहित छन्। उनले यस सिनेमाले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरेका छन्।
    यसअघि फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह यसअघि नै अनुबन्ध भइसकेका छन्। अभिनेत्रीमा वर्षा राउत र वर्षा शिवाकोटी फाइनल भएका छन्।
    ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन्। यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै