•            
    • sajhaonlinetv. com

    • १९ जेष्ठ २०८२, आईतवार १६:०४

    नेसनल प्याब्सन काठमाडौंको आयोजनामा टेक्सास कलेजमा ३२७ शिक्षिकाहरूको सहभागितामा शिक्षक तालिम सम्पन्न

    काठमाडौं । नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजनामा टेक्सास कलेजमा पूर्वप्राथमिक तथा प्राथमिक तहका शिक्षिकाहरूलाई लक्षित गरी शिक्षक तालिम सम्पन्न भएको छ। तालिममा काठमाडौंका ४० वटा विद्यालयबाट ३ सय २७ जना शिक्षिकाहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि नेसनल प्याब्सनकी संस्थापक अध्यक्ष तथा संविधान सभाकी सदस्य गीता क्षेत्री राणा रहेकी थिइन् । उक्त कार्यक्रममा नेसनल प्याब्सन केन्द्रीय समितिका पूर्व अध्यक्ष रितुराज सापकोटा, वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर अधिकारी, महासचिव प्रताप बहादुर थापा, उपाध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष धर्मराज रेग्मी, टेक्सास कलेजका प्राचार्य श्यामसुन्दर श्रेष्ठ, कार्यक्रम निर्देशक नारायण पोखरेल, प्रशिक्षक अशोक कुमार दाहाल, जिल्ला तथा नगर समिति पदाधिकारीहरू र विभिन्न विद्यालयका प्राचार्यहरूको उपस्थिति रहेको थियो ।
    तालिमका क्रममा शिक्षण – सिकाइ विधि, माइक्रो टिचिङ र टिचर मोटिभेसनल वर्कशप सञ्चालन गरिएको थियो । तालिमबारे जानकारी दिंदै जिल्ला समितिका अध्यक्ष होम बहादुर अधिकारी ( मनोज ) ले प्रारम्भिक तहका बालबालिकाहरुलाई लक्षित गरेर प्रभावकारी शिक्षण विधिको अभ्यास गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । उक्त कार्यक्रमको अध्यक्षता नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष अधिकारीले गरेका थिए ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै