•            
    • sajhaonlinetv. com

    • १९ जेष्ठ २०८२, आईतवार १६:१६

    बग्गीमा चढेर ‘जन्ते बाख्रो’को प्रचार प्रसार गर्दै गरिमा

    काठमाडौंमा । जेठ २३ गतेदेखि प्रदर्शन तयारीमा रहेको चलचित्र ‘जन्ते बाख्रो’ले प्रचारमा भिन्न शैली पछ्याएको छ । यसअघि ठूला शहरमा चल्ने सवारी साधनमा पोस्टर टाँसेर फिल्मले दर्शकलाई आकर्षित गरेको थियो ।
    फिल्मले शनिबार काठमाडौंमा भिन्न शैलीको प्रचार कार्यक्रम गरेको छ । सिटी स्क्वायर मलको प्रांगणमा भव्यतासँग फिल्मले दर्शकलाई फिल्मबारे जानकारी दिने प्रयत्न गर्‍यो ।
    अभिनेत्री गरिमा शर्मालाई दुलहीको भेषमा बग्गीमा राखेर सामाखुसीस्थित बिजी मलबाट कार्यक्रमस्थल पुर्‍याइयो । फिल्मको पोस्टर अंकित टिसर्ट लगाएर विवाहको शैलीमा पञ्चेबाजासहित गरिमालाई लगिएको थियो ।
    ‘जन्ते बाख्रो साँझ’ नाम दिइएको कार्यक्रमको उद्देश्य बृहत दर्शकमाझ फिल्मको प्रचारप्रसार गर्नु थियो । फिल्ममा समावेश गीतहरू ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’, ’मुकु मुकु म्या’का गायक बाबुल गिरी, महेश काफ्ले, अस्मिता अधिकारी लगायतले दर्शकलाई झुमाए ।
    उक्त कार्यक्रममा गरिमासहितका कलाकार आसिफ शाह, विशाल पहारी, कमल देवकोटा, लोकेन्द्र लेखक, समापिका गौतम, निर्देशक सिमोर सुनुवार, लेखक प्रदीप भारद्वाज र निर्माता सन्तोष गौतम पनि थिए ।

    सम्बन्धित खवर

    देश फेरि माओवादीमय बन्दैछ: प्रचण्ड

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै