काठमाडौँ । नेपाली कथानक चलचित्र ‘जन्ते बाख्रो’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ ।
सिमोस सुनुवारको निर्देशन रहेको फिल्म ‘जन्ते बाख्रो’ मा सौगात मल्ल, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको हो । सन्तोष गौतम निर्माता रहेको फिल्म टिफल्क फिल्मस्ले वितरण गर्दैछ ।