•            
    • sajhaonlinetv. com

    • २७ जेष्ठ २०८२, सोमबार १५:२७

    राज बहादुर साने निर्देशित ‘सिटामोल’का नयाँ पोस्टर सार्वजनिक

    काठमाण्डौ । राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक तीन मध्ये पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र बाल कलाकार करण नेपाली भावुक देखिएका छन् ।
    दोस्रो पोस्टरमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक आआफ्नो पात्र अनुसारको भूमिकामा प्रस्तुत छन् । तेस्रो पोस्टरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ललाई मात्रै स्थान दिइएको छ । उनी बैशाखीको साहाराले निराश भावमा कतै हिडिरहेको बुझ्न सकिन्छ । सार्वजनिक पोस्टरले दर्शकमाझ सिनेमाप्रति उत्सुकता थप्ने विश्वास निर्माण टिमको छ ।
    आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा सौगात, बेनिशा, श्री कृष्ण, जानुका र करणसहित लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै