काठमाडाैं । चलचित्र ‘माग्ने राजा’को पोस्टर सार्बजनिक भएको छ । फिल्म ‘माग्ने राजा’ को पोस्टरसँगै प्रदर्शन मिति तोकिएको छ। केदार घिमिरे ‘माग्ने बुढा’ को मुख्य भूमिका रहेको यो फिल्म भदौ ६ गतेबाट रिलिज हुनेछ।
शुक्रबार प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित समारोहमा फस्टलुक सार्वजनिक गरियो। कलाकारले पोस्टर अनावरण गरे।
डबलीमा राखिएको कुर्सीमा घिमिरेलार्ई ‘माग्ने राजा’कै अवतारमा कुर्सीमा राखिएको थियो। पोस्टरकै लुकमा उनको तस्विर खिँचाइएको थियो। ऋषि लामिछानेको निर्देशन रहेको फिल्मा केदारसहित वर्षा शिवाकोटी, शारदा गिरी, विल्सनविक्रम राई, शिशिर वाङदेल, मिस पबी, पुष्कर गुरुङको अभिनय छ।
आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गरिरहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र सामीप्यराज तिमल्सेनाको पटकथा छ।
केदार यस फिल्ममा पहिलोपटक मुख्य भूमिकामा देखिन लागेका हुन्। यसअघि उनी सहायक भूमिकामा देखिँदै आएका थिए। पछिल्लोसमय केदार धमाधम ‘छक्का पञ्जा’ बाहिरका फिल्म गरिरहेका छन्।