•            
    • sajhaonlinetv. com

    • १६ असार २०८२, सोमबार ०१:४५

    ‘सिटामोल’को टिजर सार्वजनिक

    काठमाडौं । राज बहादुर सानेको निर्देशन रहेको नेपाली कथानक चलचित्र‘सिटामोल’को टिजर सार्वजनिक भएको छ । राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा आइतबार टिजर सार्वजनिक गरियो । ‘सिटामोल’ साउन २३ गतेदेखि प्रदर्शनको तयारी मा छ ।
    ‘जुम्लेलीलाई जीवनजल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ हरफबाट टिजर सुरु हुन्छ । टिजरमा शीर्ष कलाकार सौगात मल्ल, बेनिशा हमालको बालापनदेखि सम्बन्ध विवाहमा बदलिएपछि आउने उतारचढावको कथा यसमा छ ।
    फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । फिल्ममा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।
    तुलसीदेवी फिल्म प्रालिले जुनतारा फिल्म्ससँगको सहकार्यमा फिल्म निर्माण गरेको हो । पटकथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोलकुमार कार्की र विकास राज जोशी निर्माताको रुपमा छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै