•            
    • sajhaonlinetv. com

    • १६ असार २०८२, सोमबार १०:३५

    ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको चलचित्र ‘माग्ने राजा’को टिजर सार्वजनिक

    काठमाण्डौ । ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘माग्ने राजा’को टिजर सार्वजनिक गरिएको छ ।‘माग्ने राजा’ आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको छ । हास्यरसले भरिएको २ मिनेट लामो टिजरमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को शान-सौकत र ऐस-आरामयुक्त जिन्दगी देखाइएको छ । उनको पात्रले पैसाको तुजुकमा आफूलाई राजा ठान्ने गर्छ । टिजरमा उनी दुई अलग गेटअपमा प्रस्तुत छन् ।
    टिजरको सुरुवात केदार सेतो घोडा चढेर गाउँलेलाई पैसा बाँडेको दृश्यबाट हुन्छ । यसपछि उनी श्रीपेच खोज्न काठमाडौं गएको र श्रीपेच लगाएर बाइक चलाएको दृश्य देख्न सकिन्छ । उनी पैसामाथि सुतेकोदेखि हेलिकोप्टरमा उडेको दृश्यसम्म टिजरमा अटाएका छन् । एउटा सामान्य व्यक्तिले परिश्रम बिनै अकूत पैसा पाएपछि गर्ने ऐस-आरामको कथामा फिल्म बनेको टिजरबाट प्रष्ट हुन्छ ।
    केदार पूरापूर हाबी रहेको टिजरमा कलाकार विल्सन विक्रम राई र अभिनेत्री वर्षा सिवाकोटीलाई पनि स्थान दिइएको छ । तर, २ मिनेटको टिजरमा वर्षा १० सेकेण्डमा सीमित छिन् । विल्सन भने केदारको भान्जाको भूमिकामा छन् । टिजरको सबैभन्दा बलियो पक्ष संवाद हो । केदारले हल्का रमाइलो शैलीमा बोल्ने संवाद रोचक छन् । टिजरले दर्शकमा फिल्मप्रति चासो बढाउने निश्चित छ ।
    चलचित्रमा केदार, वर्षा र विल्सनसहित शिशिर वाङ्देल, शारदा गिरी, राधिका कँडेल, पवित्रा साकी मिस पवी लगायतको पनि अभिनय रहेको छ । आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेको प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन तथा मित्र गुरुङको सम्पादन रहेको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै