बलिउडका चर्चित नायक आमिर खानले आफ्नो पछिल्लो सुपरहिट फिल्म ‘सितारे जमीन पर’लाई सीधै युट्युबमा रिलिज गर्ने भएका छन् ।
दर्शकले १०० रुपैयाँ भारु (१६० रुपैयाँ नेरु) तिरेर यो फिल्म युट्युबमा हेर्न सक्नेछन् । ‘मूभिज-अन-डिमान्ड’ मोडलमा यो फिल्मलाई रिलिज गर्न लागिएको आमिरलाई उध्दृत गर्दै भेराइटी म्यागजिनले उल्लेख गरेको छ ।
विश्वब्यापी ३० मिलियन डलरको कमाइ गरेको यो फिल्म दर्शकले युट्युबमा भारतसहित ३८ अन्तर्राष्ट्रिय बजारमा हेर्न सक्नेछन् ।
‘लगभग १५ वर्ष पहिले, मैले महसुस गरें कि हाम्रा सबैभन्दा सफल फिल्महरू जस्तै ’थ्री इडियट्स’ वा ’दंगल’, थिएटरमा हेर्ने मानिसको तथ्याङ्क जनसंख्याको लगभग २-३% हो’ खानले भेराइटीलाई भने, ‘त्यसोभए मेरो मनमा आएको अर्को विचार के हो भने, हामी बाँकी ९७-९८% सम्म कसरी पुग्ने ?’