•            
    • sajhaonlinetv. com

    • ४ भाद्र २०८२, बुधबार ०९:१२

    ‘सिटामोल’ हेरेपछि भक्कानिए पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

    काठमाडौं । प्रदर्शनरत कथानक फिल्म ‘सिटामोल’लाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हेरेका छन् ।
    फिल्म हेरिरहँदा आफू धेरैपटक भावुक भएको नेता भट्टराईले बताए । उनीसँगै पत्नी तथा पूर्वमन्त्री हिसिला यमीले पनि फिल्म हेरिन् ।
    ‘पहिलोपटक यतिधेरै आँसु झर्‍यो । यसैबाट बुझ्नुस् यो सिनेमाको उत्कृष्टता’ उनले भने, ‘मैले हेरेको सिनेमाहरूमध्ये यसलाई उत्कृष्ट मान्छु । यसको मुख्य विषयवस्तु, कथानक, कलाकारको अभिनय, गीतसंगीतको प्रस्तुतिलगायतको समग्रता हेर्दा सिनेमा उत्कृष्ट लाग्यो । यस्तो सिनेमा विरलै बन्छन् ।’
    सबै तत्वहरूले उत्कृष्ट बन्दा पनि नेपाली फिल्मले विदेशीसँग प्रतिस्पर्धा गर्न नसकेको उनले बताए । ‘रिलिज हुँदा हलमा शो पाउन सक्दैनन् । यी फिल्मलाई राज्यले सहुलियत दिन सक्छ । पुरै ट्याक्स फ्रि गरेर, हलमा पनि विभिन्न सुविधा दिन सक्छ तर यो नगर्नु दुःखद पक्ष हो’ उनले भने ।
    २०४८ सालमा कुनै पनि दलले फिल्मको समर्थन गर्नुपर्छ र बाह्य फिल्ममा निगरानी गर्नुपर्छ भनेर आवाज उठाउने पनि आफूहरु नै रहेको उनले बताए ।
    फिल्ममा माओवादी पूर्वलडाकुको कथा चित्रण गरिएको छ । पूर्वलडाकुकै बलमा गणतन्त्र आएपनि विभिन्न कारणले त्यसलाई समृद्धिको रुपमा अगाडि बढाउन नसकेको उनले बताए ।
    तर पनि आफ्नो पार्टीले हिम्मत नहारेको र नयाँ ढंगले अगाडी बढ्ने योजना बनिरहेको उनले बताए । पहिलेदेखि आफू पनि लेखनमा रूची राख्ने भएकोले उनले यो फिल्मका निर्देशकलाई विशेष धन्यवाद व्यक्त गरे ।
    सौगात मल्ल र बेनिशा हमालको शीर्ष भूमिका रहेको यो फिल्म अहिले हलमा चलिरहेको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै