•            
    • sajhaonlinetv. com

    • २० पुष २०८२, आईतवार ०३:२६

    प्रचण्ड नयाँदिल्ली भ्रमणमा, प्रवासी संगठनको सन्देश सभामा सम्बोधन गर्ने

    २० पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दैछन्।
    जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहित विभिन्न दललाई समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रा हो। तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्रवासी संगठनहरूको संयुक्त सन्देश सभालाई सम्बोधन गर्न उनी दिल्ली जान लागेको उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।
    आचार्यका अनुसार यो कार्यक्रम एक महिनाअघि नै तय भएको हो। “पहिल्यै तय भएको सन्देश सभा कार्यक्रममा सहभागी हुन उहाँ दिल्ली जान लाग्नुभएको हो,” उनले भने। सभालाई सम्बोधन गरेपछि प्रचण्ड सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको पनि आचार्यले स्पष्ट पारे। “आज साँझ प्रस्थान गरेर भोलि साँझ फर्किने तालिका छ,” उनले बताए।
    फागुन २१ गते तय भएको निर्वाचन नजिकिँदै गर्दा प्रचण्डको दिल्ली भ्रमणलाई विभिन्न कोणबाट चासोका साथ हेरिएको छ। यद्यपि, दिल्ली बसाइका क्रममा सन्देश सभाबाहेक अन्य कुनै औपचारिक राजनीतिक भेटघाट तय नभएको प्रचण्डको सचिवालयले जनाएको छ।
    सचिवालयका अनुसार यो भ्रमण पूर्णतः संगठनात्मक कार्यक्रम केन्द्रित रहनेछ र अतिरिक्त राजनीतिक गतिविधि समावेश हुने छैनन्।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै