•            
    • sajhaonlinetv. com

    • ११ पुष २०८२, शुक्रबार ०९:११

    रवि–बालेन–कुलमान एउटै पार्टीतर्फ, भोलिसम्म एकताको घोषणा हुने दाबी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङ एउटै राजनीतिक पार्टी निर्माणमा सहमत भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाजस्ता पुराना दललाई चुनौती दिने उद्देश्यसहित नयाँ शक्तिबीचको छलफल अन्तिम चरणमा पुगेको बताइएको छ।
    तीन नेताबीचको छलफलमा सहभागी एक नेताका अनुसार भोलिसम्म एकताको ठोस परिणाम सार्वजनिक हुने सम्भावना छ। ‘यो चुनावी गठबन्धन मात्र होइन, एउटै पार्टी बनाउने गरी छलफल भइरहेको छ,’ उनले बताएका छन्।
    यस विषयमा बालेन शाह र कुलमान घिसिङबीच हिजो राति डेढ बजेसम्म छलफल भएको र धेरै विषयमा सहमति जुटेको स्रोतको दाबी छ। आज पनि तीन नेताबीच थप छलफल हुने बताइएको छ।
    छलफलमा कुनै पद वा स्वार्थको बार्गेनिङ नभएको र एकता कुनै पनि हालतमा नरोकिने दाबी गरिएको छ। एकीकृत पार्टीको अध्यक्ष रवि लामिछाने रहने तथा चुनाव चिह्न घण्टी नै हुने सहमति भएको स्रोतले जनाएको छ।
    नयाँ शक्तिहरूलाई एकतामा ल्याउने पहल गर्दै आएका निवर्तमान स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आगामी चुनावमा पुराना दलहरू गठबन्धनमा जान सक्ने भएकाले नयाँ शक्ति पनि एक हुनु अपरिहार्य भएको बताएका छन्। उनले एकता सफल भए आगामी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुन सक्ने संकेतसमेत गरेका छन्।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै