•            
    • sajhaonlinetv. com

    • ४ पुष २०८२, शुक्रबार ०४:१९

    धरौटीमा रवि लामिछाने रिहा हुँदै

    काठमाण्डौ, रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज धरौटी बुझाएर रिहा हुँदैछन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार बिगो सुरक्षित हुने गरी जमानतमा छाड्न आदेश दिएपछि आज आवश्यक कानुनी प्रक्रिया पूरा गरिँदैछ।
    अदालतको आदेशअनुसार रविले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी पेश गर्नुपर्नेछ। साथै, विदेश यात्रा गर्दा अदालतलाई जानकारी दिनुपर्ने लगायत पाँच सर्त पालना गर्नुपर्नेछ।
    यसअघि जिल्ला अदालत रुपन्देहीले जमानत अस्वीकार गरेपछि रविले उच्च अदालतमा निवेदन दिएका थिए। बचतकर्ताको रकम सुरक्षित हुने आधार देखिएकाले बैंक ग्यारेन्टी स्वीकार गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिइएको अदालतले जनाएको छ।
    सुप्रिम सहकारी ठगी प्रकरणमा रवि, छवि र जीबी राईसहित ४२ जनाविरुद्ध ५५ करोडभन्दा बढी रकम अपचलनको अभियोग लागेको छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै