काठमाडौं । आर्या इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बनेको फिल्म ‘आ बाट आमा’ को टिजर सार्वजनिक भएको छ। टिजरमा परदेशिन लागेका छोराप्रति बुबाआमाको माया र पीडालाई अत्यन्त भावनात्मक ढंगले चित्रण गरिएको छ।
टिजरमा अभिनेता पल शाह पासपोर्ट हातमा लिएर सिरानीमा राखेर बसेका देखिन्छन्, भने उनका बुबा प्रदीप रावत र आमा बिपना थापा रातभर छोराको बिदाइको दुःखसँग संघर्ष गरिरहेको देखाइएको छ। छोरालाई परदेश पठाउनुअघि बुबाआमा रोएरै रात बिताएको दृश्यले टिजरलाई झनै हृदयस्पर्शी बनाएको छ।
फिल्मका निर्देशक चन्द्र पन्त ले परदेशिन बाध्य नेपाली युवाको कथा र परिवारको भावनात्मक पाटा टिजरमै प्रभावकारी रूपमा उतारेका छन्।
आगामी माघ १६ गते रिलिज हुने फिल्ममा पल शाह, प्रदीप रावत र बिपना थापासँगै सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली लगायतका कलाकारको अभिनय रहेको छ। बाल कलाकारमा समाइरा थापा र शान अधिकारी छन्।










