•            
    • sajhaonlinetv. com

    • २० मंसिर २०८२, शुक्रबार ०८:४५

    समीक्षा अधिकारीको नयाँ गीत ‘शिरमा शिरबन्दी’ चारदिनमै १७ लाख भ्यू लिएर भाइरल

    काठमाण्डौ ,चर्चित गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘शिरमा शिरबन्दी’ सामाजिक सञ्जालभरि भाइरल बनेको छ। टिकटकमा गीतका टुक्रा छाएसँगै लिरिकल भर्सनपछि सार्वजनिक भएको भिडिओले पाँच दिनमा १७ लाख भ्यू पाएको छ।
    गीतमा समीक्षा अधिकारी र गायक सुवास खत्रीको स्वर छ भने शब्द सुजित खत्रीका हुन्। संगीत गायक खत्रੀकै र एरेन्ज आकाश नेपालीले गरेका छन्। प्रेमी–प्रेमिकाबीचको रमाइलो संवाद शैलीमा गीत प्रस्तुत गरिएको छ।
    विशाल घिमिरे निर्देशित भिडिओमा समीक्षा र मोडेल/अभिनेता प्रभात पाल ठकुरी देखिन्छन्। रोशन बिकको कोरियोग्राफी, बुद्ध थापाको छायांकन र अमृत चापागाईँको सम्पादन रहेको यस भिडिओले समीक्षालाई गायनसँगै अभिनयमा पनि सक्रिय बनाएको छ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै