•            
    • sajhaonlinetv. com

    • २४ मंसिर २०८२, मंगलवार ०६:५६

    डडेल्धुराबाट पुनः उम्मेदवारी दिन देउवा तयार, ‘अन्तिमपटक चुनाव लड्ने’ संकेत

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा डडेल्धुराबाट पुनः उम्मेदवारी दिने तयारी गरेको संकेत गरेका छन्। विभिन्न नेताहरूसँग भएका भेटवार्तामा उनले यो आफूको अन्तिम चुनावी प्रतिस्पर्धा हुने बताएको स्रोतले जानकारी दिएको छ।
    डडेल्धुरा कांग्रेसका सभापति भीमबहादुर साउदका अनुसार देउवाले पुनः उम्मेदवारी दिने इच्छा राखेपछि पार्टीभित्र सर्वसम्मत सिफारिसको प्रक्रियासम्बन्धी छलफल सुरु भएको छ। केही दिनअघि महाराजगञ्जस्थित निवासमा देउवालाई भेट्न पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि सभापतिले चुनाव लड्ने स्पष्ट इच्छा व्यक्त गरेको बताए।
    मंगलबार बिहान भेट्न पुगेका नेविसंघ नेता भुवन भट्टले भने, “साथीहरूले तपाईं नै उठ्नुपर्छ भनेपछि म उठ्छु भन्नुभएको रहेछ,” भन्दै देउवाले यसपटक अन्तिमपटक प्रतिस्पर्धामा उत्रिने संकेत दिएको बताए।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै