काठमाडौं । ए वन कृएसन प्रा.ली को ब्यानरमा नेपाली चलचित्र ‘सनुको चप्पल’ निर्माण हुने भएको छ। चलचित्रको निर्माण अमृतमान वलीले गर्ने भएका छन् भने निर्देशनको जिम्मेवारी दिपक वलीले सम्हाल्ने छन्। चलचित्रको कथा तथा पटकथा महेश दवाडीले तयार पारिरहेका छन्
निर्माण टिमका अनुसार चलचित्र हाल प्रि(प्रोडक्सन चरणमा रहेको छ। यससँगै कलाकार छनोट (कास्टिङ) को काम तीव्र रूपमा अगाडि बढाइएको निर्माण पक्षले जनाएको छ।
‘सनुको चप्पल’ सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित रहने बताइएको छ। निर्माण टिमले चलचित्रलाई मौलिक कथा, सशक्त प्रस्तुति र व्यावसायिक शैलीमा दर्शकमाझ ल्याउने तयारी गरिरहेको जनाएको छ।
चलचित्रको छायांकन, कलाकार तथा प्राविधिक टिमबारे थप जानकारी केही समयमै सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ।










