काठमाडौं। पाँचौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबार (१७ चैत)देखि हुँदैछ। नेपाल नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा महोत्सव हुन लागेको हो।
महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको ७ ओटा विधाको प्रतिष्पर्धामा १४ ओटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।
२१ चैतसम्म सञ्चालन हुने महोत्सवमा चार नेपालीसहित ३८ देशका ८९ चलचित्रहरूबीच प्रतिष्पर्धा हुँदैछ। प्रतिष्ठानले महोत्सवमा प्रदर्शन हुने फिल्मको तालिका सार्वजनिक गरेको छ।