•            
    • sajhaonlinetv. com

    • २१ जेष्ठ २०८३, बिहीबार ०९:५९

    सविन कुमार तोलांगीको निर्देशनमा ‘मन खान्छ कटक्कै’ गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न

    काठमाडौं । निर्देशक सविन कुमार तोलाङगीको निर्देशनमा नयाँ लोकदोहोरी गीत ‘मन खान्छ कटक्कै’को म्युजिक भिडियोको छायाङ्कन भक्तपुरको रमणीय क्षेत्र गुण्डुमा सम्पन्न भएको छ।
    प्रेम र आकर्षणको भावनालाई केन्द्रमा राखेर तयार पारिएको भिडियोमा मोडल आयुष्मा कार्की र सुधिर श्रेष्ठको मुख्य अभिनय रहेको छ। निर्देशक तोलाङगीले गीतको भावअनुसार कथावस्तु र दृश्य संयोजनलाई विशेष प्राथमिकता दिँदै भिडियो निर्माण गरेको निर्माण टिमले जनाएको छ।
    गीतमा गायक राजन श्रेष्ठ र लोकप्रिय गायिका शान्ती श्री परियार क स्वर रहेको छ। गीतका शब्द रचना प्रसाईले सिर्जना गरेकी हुन् भने संगीत रिमेश थापाको रहेको छ। गीतको एरेन्ज साहस साक्यले गरेका छन्।
    अकौस्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ एसबी मुस्कानले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन्।
    भिडियोको छायाङ्कन सन्तोष सुनारले गरेका छन्। मेकअप सरिता प्रजापतिको रहेको छ भने नृत्य निर्देशन केशवराज भट्टाले गरेका छन्।
    छहारी मल्टिमिडिया प्रा.लि.को प्रस्तुति रहेको उक्त भिडियो निर्देशक सविन कुमार तोलाङगीको पछिल्लो महत्त्वाकांक्षी परियोजनामध्ये एक मानिएको छ। भिडियोको सम्पादन तथा पोस्ट–प्रोडक्सनको काम तीव्र रूपमा अगाडि बढिरहेको र छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।
    निर्देशक तोलांगीले नेपाली लोकदोहोरी क्षेत्रमा फरक शैली र प्रस्तुतिका साथ काम गर्दै आएका छन्। ‘मन खान्छ कटक्कै’ मार्फत पनि दर्शकलाई मनोरञ्जनसँगै उत्कृष्ट दृश्यात्मक अनुभव दिने प्रयास गरिएको उनले बताएका छन्।
    गीत/भिडियो क्रेडिट्स:
    निर्देशन : सविन कुमार तोलांगी
    शब्द : रचना प्रसाई
    स्वर : राजन श्रेष्ठ र शान्तिश्री परियार
    संगीत : रिमेश थापा
    एरेन्ज : साहस साक्य
    अभिनय : आयुष्मा कार्की, सुधिर श्रेष्ठ
    छायाङ्कन : सन्तोष सुनार
    मेकअप : सरिता प्रजापति
    नृत्य निर्देशन : केशवराज भट्टा
    निर्माण : छहारी मल्टिमिडिया प्रा.लि.
    छायाङ्कन सम्पन्न भएसँगै ‘मन खान्छ कटक्कै’ अब छिट्टै दर्शकमाझ आउने तयारीमा रहेको छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै