•            
    • sajhaonlinetv. com

    • ४ बैशाख २०७९, आईतवार ०७:०८

    स्याङजामा जीप दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो ।

    आज स्याङजाको वालिङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार एक बालकसहित पाँच जनाको मृत्यु भएको हो ।

    डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका- १२ माथिल्लो डाँडाखर्क नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका चालकसहित ६ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

    मृतक पाँच जनाको शव वालिङ प्राथमिकक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै