•            
    • sajhaonlinetv. com

    • ४ बैशाख २०७९, आईतवार ०९:४७

    भ्रष्टाचार तत्काल नरोके मुलुक नै गम्भिर संकटमा पर्ने छ : सभामुख अग्निप्रसाद सापकोटा

    प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नरोक्ने हो भने यसले मुलुक नै संकटमा पर्ने धारणा राखेका छन । ।

    भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भिर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले भ्रष्टाचार तत्काल नरोक्ने हो भने मुलुक नै गम्भिर संकट मा पर्ने छ ।

    उनले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैंमा साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।

    आइतबारबाट काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचार विरुद्ध कार्टुन प्रर्दशनी’को उद्घाटन गर्दै उनले भ्रष्टाचार बढदै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खबरदारी गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे ।

    सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई सातै प्रदेशमा लगेर प्रर्दशन गर्ने काममा आफ्नो साथ रहने पनि बताए ।

    उनले भने, ‘मैले जानेर चाहि दुई पैसा पनि नाजायज ढंगले लिने गरेको छैन । र, भ्रष्टाचार चाहिं मेरो दृष्टिमा र मलाई लाग्दछ–यहाँ यो स्तरकै विद्धानहरु हुनुहुन्छ । त्यो स्तरकै बुद्धिजीविहरु हुनुहुन्छ ।भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनाको कुरा मात्रै होइन । भ्रष्टाचार भनेको चाहिं यो राष्ट्रियतासँग जोडिएको कुरा हो । यो बढदै गयो । यस्तै गरी हामीले खबरदारी गरेनौ भने, यसका विरुद्ध निशाना सोझ्याएनौं भने एक दिन यसले हाम्रो प्यारो मातृभूमिलाई खाई दिन्छ । भ्रष्टाचारको विरुद्ध अभियान छेड्ने संकल्प गर्नु भएको छ ।

    काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको सो प्रर्दशनी तीन दिनसम्म चल्नेछ । सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्याष्त्र हुने गरी कार्टुनहरु बनाउन पनि काटुर्निष्टहरुलाई आग्रह गरे ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै