•            
    • sajhaonlinetv. com

    • ४ बैशाख २०७९, आईतवार १३:२५

    पल प्रकरणमा नयाँ टुवीस्ट : पिडित गायिकाले बयान फेरिन

    पल साह प्रकरणमा नयाँ टुवीस्ट आएको छ । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन्। 

    अदालतले थुनछेक आदेशपछि बकपत्र गराइरहेको छ। त्यसक्रममा जिल्ला अदालत तनहुँमा जारी बकपत्रका क्रममा पीडित भनिएकी नाबालिगले बयान फेर्दै भनिन मलाई पल शाह ले बलात्कार गरेका छैनन । अरुको प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बयान दिएकी छिन । 

    पललाई गत चैत २३ गते जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। 

    पिडित भनिने गायिकाले मात्र नभइ उनका बुवाले समेत साहलाई राहत मिल्ने गरी बयान दिएका छन । आज आइतबार देखि जिल्ला अदालत तनहुँमा बकपत्र सुरु भएको छ।  पीडित र जाहेरवालाले बकपत्र मार्फत बयान फेरेसँगै पल शाहले सफाइ पाउने सम्भावना बढेको छ। 

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै