नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पत्रकार सम्मेलन गर्दै आसन्न स्थानीय चुनाव बारे पार्टीको आधिकारीक धारण राखेका छन् । बिभिन्न सञ्चार माध्यमका पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले भने सके सम्म सत्ता गठबन्धनमा मै तालमेल मिलाएर चुनावमा जाने नसके जो जस सँग सहमती जुट्छ त्यो सँग तालमेल गर्ने यदि कसै सँग पनि तालमेल नभए एक्लै पनि चुनावमा जाने धारण ब्यक्त गरे ।
जनता निकै बुद्धिमानी छन् । को परिवर्तनका पक्षधर, देशभत्त र जनताको सेवामा सर्मपित छन् । बिचार पुराएरै सहयोग गर्ने छन् ।
साथै पत्रकारहरुको भत्तपुर महानगर पालिका नै किन माओवादीलाई चाहियो भन्ने सवालमा जवाफ दिदै भने माओवादी केन्द्र सत्ता गठबन्धनको एक शक्तिशालि घटक भएकोले ६ मध्य एक महानगर पालिका त पक्कै दिनु पर्ने होला । सवै एक पार्टीले मात्र लिने भन्ने पनि नहोला । कुनै एक लिदा भक्तपुर महानगर नै लिऊ भन्ने हाम्रो चाहाना हो । लगभग भरतपुर हामीलाई दिने भन्ने एउटा सहमती भएको छ । हामीलाई भरतपुर नै हुनु पर्छ भन्ने चाहि हैन् ।
केही साथिहरुलाई पनि भक्तपुर नै दिऊ भन्ने छ । कति पए साथिलाई नलागेको पनि हुन सक्छ । तर गठबन्धनमा रहे पछि सवैको भुमिकाको मुल्यांकन गर्नु पर्यो । हामी आज बेलुका सम्म महानगरको बिषय टुंगाउछाौ ।
सत्ता गठबन्धनको बिरुद्धमा पनि ७ दलिय गठबन्धन बनेको छ नी भन्ने प्रश्नमा अध्यक्ष दाहाले भने त्यो प्रतिगामी, परिवर्तन नचाहने, याथास्थीतिबादी सोच भएका गणतन्त्र बिरोधी गठबन्धन हो । जनताले उचित मुल्यांकन गर्ने छन् ।