•            
    • sajhaonlinetv. com

    • ७ बैशाख २०७९, बुधबार १०:०२

    आगामी असार ३१ गतेबाट प्रदर्शन हुदै चलचित्र ‘सिल्ली फो’ 

    आगामी असार ३१ गतेबाट देश भर नेपाली कथानक चलचित्र सिल्ली फो प्रर्दनमा आउने भएको छ ।

    चलचित्र ‘सिल्ली फो’ राजबहादुर साने निर्देशित फिल्मको पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा निर्माण पक्षले जानकारी दिएको हो । राजबहादुर साने निर्देशित फिल्ममा केकी अधिकारी, धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल(मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट(सागर), सौजन बोहोरा, जयमन बिश्वकर्माको सन्जित वली , राजन कुमार बैस्य को अभिनय रहेको छ मनोज डिके निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ र अम्बर बहदुर बिस्ट सागर सह—निर्माता छन् ।

    फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानको ट्रेलर,। फिल्मको डिजिट्ल अधिकार साईराम पिक्चर खरिद गरेको छ भने वितरकको जिम्मा श्रीराम बालाजी फिल्मस् , लिएको छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै