नायिका झरना थापाको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ४’ बिहीबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । वैशाख १ गतेबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो साता चार करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण कम्पनीले जनाएको छ ।

सुनिलकुमार थापा प्रोडक्सनले बिहीबार औपचारिक विवरण सार्वजनिक गर्दै पहिलो साता दिनमा ४ करोड १ लाख ग्रस कमाएको उल्लेख गरेको छ । अहिले मुलुकभर मल्टिप्लेक्स तथा सिंगल पर्दाहरुमा प्रदर्शन भइरहेको छ । उक्त चलचित्रमा सुपर स्टार नायक अनमोल केसी र सुहाना थापा मुक्य भुमुका रहेको छ ।
वितरक गोविन्द शाहीका अनुसार ‘ए मेरो हजुर ४’ले पहिलो दिनमा ८८ लाख, दोस्रो दिनमा ६६ लाख, तेस्रो दिनमा ८९ लाख, चौथो दिनमा ४५ लाख, पाँचौं दिनमा ४१ लाख, छैटौं दिनमा ३६ लाख र सातौं दिनमा ३६ लाख कमाइ गरेको छ ।
डेढ सय हलबाट रिलिज भएको फिल्मले दक्षिण भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’को कारण केही शो कम पाएको वितरक शाहीले बताए । ‘शो केही कम पाएपनि पाएको शोको अकुपेन्सी राम्रो छ,’ उनले भने । दोस्रो साता पनि फिल्मले स्थिर कमाइ गरेको उनले बताए ।










