•            
    • sajhaonlinetv. com

    • ९ बैशाख २०७९, शुक्रबार १०:५८

    नायिका वर्षा सिवाकोटीले बिबाह गरिन ।

    नायिका वर्षा सिवाकोटीको आज विवाह गरेकी छिन । अमेरिकामा बसोबास गर्ने आशिष नाम गरेका युवकसँग काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा वर्षाको विवाह गरेकी छिन ।

    विवाह समारोहमा परिवारका सदस्य, सीमित आफन्त र साथीहरु गरी १५० जनाको उपस्थिति रहेको छ । विवाहलाई निकै गोप्य राख्ने प्रयास गरिएको छ ।

    वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए । एक महिनाअघि मात्रै वर्षा अमेरिका पुगेर फर्केकी थिइन् । त्यहाँबाट आएपछि उनीहरुको विवाह भएको हो ।

    विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नु ल २’बाट फिल्मी यात्रा तय गरेकी वर्षाले पशुपतिप्रसाद, वीर विक्रम २, लप्पनछप्पन २, पुरानो बुलेट, कारखाना लगायतका फिल्ममा अभिनय गरेकी छन् । उनी अभिनित फिल्म ‘लक्का जवान’ रिलिजको तयारीमा छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै