•            
    • sajhaonlinetv. com

    • १० बैशाख २०७९, शनिबार ०३:१८

    जुम्लामा आगलागी चार बालवालिकाको मृत्यु

    जुम्लामा एक घरमा आगलागी हुँदा चार बालवालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका–३ कुडारीस्थित सार्कीवाडामा मानसिंह सार्कीको घरमा आगलागी भएको हो।

    आगलागीमा परि मानसिंहका दुई छोरी, एक छोरा र भान्जीको मृत्यु भएको हो। मानसिंहका छोरीहरु ११ वर्षीया अनु सार्की र तीन वर्षीया दर्शना सार्की र एक वर्षीय छोरा दीपेश सार्कीको मृत्यु भएको हो। यस्तै उनकी भान्जी १४ वर्षकी तिर्सना सार्कीको आगलागीमा परि मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार शुक्रबार राति सवा ११ बजेतिर घरमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीलाई पौने १२ बजे खबर पुगेको उनले जानकारी दिए।

    invotech

    घरमा लागेको आगो नियन्त्रण्मा लिईसकिएको छ। डिएसपी चन्दका अनुसार जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइँसहितको टोली नै घटनास्थल पुगेको छ।

    ‘आगलागीबारे राति ११:४५ बजे हामीलाई जानकारी भयो’, प्रहरी नायब उपरीक्षक चन्दले भने, ‘सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो।’

    आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उनले बताए। आगलागीबाट टिनले छाएको घरको तेस्रो तलासम्म पूर्ण रुपमा क्षति भएको डिएसपी चन्दले जानकारी दिए ।

    मानसिंह र उनका श्रीमति फागुनी, बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। उनीहरुको अवस्था सामान्य रहेको डिएसपी चन्दले बताए। आगलागीपछि उनीहरु बेहोस भएका थिए ।

    ‘उहाँहरु बाहिर निस्किएको भन्ने छ, त्यही बेला आगलागी हुँदा घरमा भएका बालवालिकाको मृत्यु भएको बुझिएको छ,’ उनले सेतोपाटीसँग भने ।

    मृतकहरुको शव पनि पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने भएको छ।

    आगलागी कसरी भयो भन्ने बारेमा सूचना प्राप्त नभएको डिएसपी चन्दले सेतोपाटीलाई बताए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै