•            
    • sajhaonlinetv. com

    • १० बैशाख २०७९, शनिबार ०७:४१

    अमेरिकी संसदीय टोली प्रधानमन्त्री देउवा निवास बालुवाटारमा

    अमेरिकी संसदीय टोली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटन देउबा निवास बालुवाटार मा पुगी भेटबार्ता गरेको छ ।

    शनिबार सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको हो। 

    देउवाले ट्विट गर्दै अमेरिकी संसदीय टोलीलाई स्वागत गर्न पाउँदा खुसी भएको बताएका छन्। 

    भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धबारे विचारहरू आदानप्रदान गरिएको ट्विटमा उल्लेख छ। 

    ‘नेपाल-अमेरिका मित्रता र सरकार, संसद र आम जनतालाई समावेश गरी बहुआयामिक साझेदारी अभिवृद्धि गर्ने उपायबारे विचार आदानप्रदान गरियो,’ ट्विटरमा भनिएको छ,‘जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्दामा पनि छलफल भयो।’

    चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली शुक्रबार साँझ काठमाडौं आइपुगेको थियो। 

    टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स (१७ औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) छन्।

    सो टोलीले शनिबार बिहान परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटेका थिए। 

    उनीहरूले आर्थिक विकासलगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

    यस्तै, द्विपक्षीय र बहुपक्षीय स्तरमा साझा चासोका क्षेत्रहरूमा पनि विचार आदानप्रदान गरिएको थियो। 

    अमेरिकी सिनेटरको टोली आइतबार फर्किने कार्यक्रम छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै