•            
    • sajhaonlinetv. com

    • १२ बैशाख २०७९, सोमबार १०:२८

    भरतपुर महानगर पालिकामा कांग्रेस नेता पौडेलको बागी मनोनयन, के कांग्रेसले कारबाही गर्ला ?

    आज भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले मनोनयन पत्र दर्ता गरेका छन् ।

    सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच भरतपुरको मेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो ।कांग्रेस भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले पार्टी को निर्देशन बिपरित नेता पौडेलले आफ्नो मनोनयन पत्र दर्ता गरेका छन् ।

    तर उक्त सहमतिको विपक्षमा रहेका कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले छुट्टै उम्मेदवारी दर्ता गर्ने चेतावनी दिँदै आएका थिए । नेता पौडेलले भरतपुरको चौबिसकोठीबाट चारतारे झण्डासहित नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।उनको प्रस्तावकमा कांग्रेसका पूर्ब जिल्ला सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।

    अब नेपाली काङ्रेस ले पौडेल लाई अनुसासन को कारबाही गर्छ ? त्यो हेर्न बाँकी छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै