•            
    • sajhaonlinetv. com

    • १२ बैशाख २०७९, सोमबार ११:२७

    सुनकोसी गा.पाका अध्यक्षमा सुुनिल खड्काको मनोनयन दर्ता : नमुना गाउपालिका बनाउने लक्ष

    १२ वैशाख,ओखलढुंगा : सुनकोसी गाउपालिका अध्यक्षमा ने.क.पा (एमाले) तर्फबाट युवा ब्यावसायी तथा एमालेका युवा नेता सुुनिल खड्काले मनोनयन दर्ता गरेका छन् ।
    ओखलढुंगा जिल्ला सुनकोसी गाउपालिका अध्यक्षमा ने.क.पा (एमाले) तर्फबाट युवा ब्यावसायी तथा एमालेका युवा नेता सुुनिल खड्काले आज मनोनयन दर्ता गरेका छन् भने उपाध्यक्षमा एमालेकी नेतृ तारा कार्कीले मनोनयन दर्ता गराएकी छिन् ।

    साझा अनलाईन टि.भिका प्रधान सम्पादक सबिनकुमार तोलाङगी सँग छोटो सम्बाद गर्दै खड्काले भने सुनकोसी गाउमालिकालाई देशकै नमुना गाउपालिका बनाउने मेरो लक्ष छ । म मेरो लक्षमा दृढ छु , म जनताको छोरो हुँ, जनताको सेवामै सर्मपित छु । राजनिति सेवा नै हो भन्ने कुरा प्रमाणीत गर्ने छु । जनतालाई आसा मात्र देखाउदिन म ब्यबहारमा काम गरेरै देखाउने छु । यस पटक जनताले मलाई पुर्ण बिश्वास गरेर बिजय गराउने आसा राखेको छु । यदि मैले बिजय हासिल गर्न सकिन भने पनि म जनताको सेवामा निरन्तर लागिरहेने छु ।
    देशमा राजनैतिक परिवर्तन भयो । सिहंदराबारको अधिकार गाऊ घरमा आयो तर अझै जनताले बास्तबिक परिवर्तन राहत महसुस गर्न पाएका छैनन् । स्वास्थ्य, शिक्षा, खानेपानी,बाटो, सडक र पुल को निर्माण गरि जनतालाई राहतको महसुस गराउने छु ।
    सुनिल खड्का सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता कमल तामाङ सँग प्रतिस्पर्दा गर्दै छन् ।
    सुनिल खड्का जनतामा निकै लोकप्रिय छन् । जनताको काममा कृयासिल भइरहेने भएकोले जनताको उनी प्रति निकै आसा छ । लामो समय देखि उनी जिल्लाको बिकास निर्माणमा पनि जोडिएर काम गरिरहेका थिए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै