•            
    • sajhaonlinetv. com

    • १३ बैशाख २०७९, मंगलवार ११:१६

    छत्रेस्वरी गा.पा.वडा नं.१ अध्यक्षमा नेकपा (माओवादी केन्द्र)बाट कुल प्रसाद शर्मा (केपी)मनोनयन दर्ता : घर घरमा धारो पुर्याउने योजना

    १३, बैशाख, २०७९, सल्यान : छत्रेस्वरी गाउपालिका वडा नं.१ अध्यक्षमा नेकपा (माओवादी केन्द्र)बाट कुल प्रसाद शर्मा (केपी) ले मनोनयन दर्ता गरेका छन् ।
    छत्रेस्वरी गाउपालिका वडा नं.१ अध्यक्षमा नेकपा (माओवादी केन्द्र) बाट कुल प्रसाद शर्मा (केपी) ले हिजो मनोनयन दर्ता गरेका छन् । सत्तारुढ गठबन्धनमा सहमतीको प्रयास भए पनि सहमति जुट्न नसक्दा माओवादी एक्लै चुनावी मैदानमा उत्रिएको हो ।
    माओवादी केन्द्र सल्यान जिल्लाका युवा नेता कुल प्रसाद शर्मा एक दुरदृष्ट्री र बौद्धिक नेताको रुपमा चिनिन्छन् । प्राबिधिक क्षेत्रमा राम्रो दक्षता भएर पनि आफ्नो गाऊ आफैले सुन्दर बनाउनु पर्छ भनि गाउ घरमै संघर्ष गर्दै गरे ।
    साझा अनलाई टि.भिका सम्पादक कमल प्रसाद शर्मा सँग छोटो संबाद गर्दै उनले आफ्नो तर्क राखे म माओवादी पार्टीमा जनताको सेवा गर्नकै लागि लागि परको हुँ । माओवादी पार्टीको नेतृत्वमा परिर्वनका एजेण्डाहरु स्थापित भए । राजनैकि ब्यवस्था परिवर्तन भयो अव जनताको अवस्था परिवर्तन हुन बाँकी छ । सिंहदरवारको अधिकार गाऊ गाऊमा ल्याइयो अझै जनताले परिवर्ननको राहात महसुस गर्न पाएका छैनन् । अव हामी जनतालाई बास्तविक परिवर्तनको राहात महसुस गराउने छौ ।


    गाउमा खाने पानीको निकै समस्या छ । हामी जनताको घर घरमा धारो पु¥याउने योजना बनाएका छौ । यति मात्र नभई सवै नागरिकलाई निरक्षर मुक्त बनाउछौ । छुवाछुत मुक्त सभ्य समाजको निर्माण गर्छाै । महिला हिंसालाई पुर्ण रुपमा बन्द गर्छाै । भष्ट्राचार मुक्त गाउपालिका निर्माण गर्छाै । स्वस्थ्य चौकीलाई ब्यवस्थीत गर्छाै । गाउमै बेरोजगार युवालाई सिप सिकाइ स्वरोजगार बनाउछौ । कृषिमा आधुनिकरण गर्दै कृषकलाई निसुल्क बिऊ, बिजन उपलब्ध गराउछौ ।
    सत्ता गठबन्धनको केन्द्रमा चुनावी तालमेल गर्ने सहमती भएता पनि देशको सवै क्षेत्रमा चुनावनी तालमेल राम्रो सँग हुन सकेन । चुनावी तालमेल हुन नसक्नुको मुख्य कारण नेता तथा कार्यकर्ता पदमुखि हुनु नै हो ।
    छत्रेश्वरी गाऊ पालिका मा सवै राजनैतिक दलहरु भिड्दै गर्दा माओवादी केन्द्रलाई लाभ हुने देखिन्छ र वडा नं.१ मा कुल प्रसाद शर्माले जित्ने प्रबल सम्भावना छ । छत्रेश्वरी गाऊ पालिका वडा नं.१ मा माओवादी नेता कुल प्रसाद शर्मा(केपी) सँग नेपाली कांग्रेसबाट प्रकास हमाल, नेपाली कांग्रेस बागी बाट शिवकुमार शर्मा, एमाले बाट कालि बहादुर चन्द र समाजवादीबाट युवराज न्यौपाने मैदानमा भिड्दै छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै