•            
    • sajhaonlinetv. com

    • १३ बैशाख २०७९, मंगलवार १६:२३

    रञ्जना सिनेप्लेक्समा १७५ रुपैयाँमै फिल्म हेर्न पाइने

    काठमाण्डौ ,न्युरोड स्थित रञ्जना सिनेप्लेक्समा साताको दुई दिन १७५ रुपैयाँमै टिकट उपलब्ध गराउने भएको छ ।

    प्रत्येक बुधबार र बिहीबार उक्त मूल्यमा दर्शकले प्रदर्शन भइरहेका जुनसुकै फिल्म हेर्न पाउने भएका छन् । अघिपछि भने टिकटको मूल्य ३५० रुपैयाँ कायमै छ ।

    गत चैत ११ देखि पुनः सञ्चालनमा आएको हलमा अहिले ‘केजीएफ च्याप्टर २’ र ‘ए मेरो हजुर ४’ प्रदर्शन भइरहेका छन् । मल निर्माण गर्न भन्दै २०६५ साल भदौमा बन्द गरिएको रञ्जना हल तेलुगू फिल्म ‘आरआरआर’को प्रदर्शनसँगै पुनः सञ्चालनमा आएको थियो ।

    पुनः सञ्चालनमा आएसँगै हलमा दर्शकको घुइँचो लागेको थियो । ‘केजीएफ-२’ र ‘आरआरआर’ले उक्त हलबाट राम्रो कमाइ समेत गरेका छन् ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै