सत्तारुढ पाँच दलीय गठबन्धनको आज प्रधनमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले नेकपा एमालेसहितका अन्य सत्ता गठबन्धन बाहेक दल सँग भएको तालमेल खारिज गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले पाँच दलमा भएको सहमतिविपरीत दर्ता गरिएका स्वतन्त्र उम्मेदवारी पनि तत्काल फिर्ता लिने निर्णय लिएको छ।

‘पाँच दलीय गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पहल गर्ने’, निर्णयमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने।’
बैठकले गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिका प्रमुख तथा उपप्रमुख पदमा भएको उम्मेदवारी पनि तत्काल फिर्ता लिने निर्णय गरेको छ।
‘पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उप-प्रमुख पदमा भएको सहमतिविपरीत गठबन्धन
दलबाट दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता लिने’, बैठकको निर्णयमा भनिएको छ।











