•            
    • sajhaonlinetv. com

    • १६ बैशाख २०७९, शुक्रबार १४:३३

    भरतपुर महानगरपालिकाका उम्मेदवार जगन्नाथ पौडेलसहित कांग्रेसका बागी स्वत: पार्टीबाट निस्कासित

    नेपाली कांग्रेसले आज शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई स्वत पार्टीबाट निस्कासन गरेको छ। काङग्रेसको उक्त निर्णय अनुसार भरतपुर महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसहित नेताहरू कांग्रेसको निर्णयअनुसार स्वत निस्कासनमा परेका छन्।

    invotech

    कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजै विज्ञप्ति निकालेर बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन भनेका थिए।

    कांग्रेसले विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासन गर्ने निर्णय गरेको छ।

    ‘स्थानीय तहको निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए आज अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ। उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ,’ मुख्यसचिव पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार र त्यसअघि शेखर कोइरालाले बागी उम्मेदवारलाई पार्टी मुलप्रवाहमा आउन अपिल गरेका थिए।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै