सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल नियुक्त भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपीमा नियुक्त गरेको खाँणले साझा अनलइन टि भि लाई जानकारी दिए । ‘सशस्त्र प्रहरीमा राजु अर्याल नियुक्त भएका छन् । चिठी आइसक्यो’, उनले भने । मन्त्रिपरिषदको बैठकमा अर्यालको नियुक्तिबारे छलफल नभएको बताइएपनि गृहमन्त्री खाँणले सबै प्रक्रिया मिलाएर आजै नियुक्त गरिएको बताए ।











