•            
    • sajhaonlinetv. com

    • १९ बैशाख २०७९, सोमबार १०:५०

    (आईजीपी) नियुक्तिको बिभाद सर्बोच्च अदालतमा

    नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको बिभाद सर्बोच्च अदालतमा पुगेको छ । एआईजी विश्वराज पोखरेलको रिटको दर्ता प्रक्रिया सुरु भएको छ ।

    आइतबार मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा एआईजी धिरजप्रताप सिंहलाई बढुवा गरेको थियो । सिंह भन्दा वरिष्ठ एआईजी पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेको भन्दै आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट लिएर गएका हुन् । सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ताका लागि पुगेको थियो । रिट निवेदनको अध्ययन प्रक्रिया सकिएलगत्तै दर्ता प्रक्रिया सुरु भएको अदालत स्रोतले जानकारी दिएको छ ।
    सोमबार बसेको क्याबिनेट बैठकले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गरेको थियो । सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल सर्वोच्च अदालत पुगेका हुन् । सिंहले आज दर्ज्यानी चिन्ह लगाइसकेका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपी सिंहले फुली लगाएका हुन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै